थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ४० पिसिआर परीक्षणका क्रममा ४ सय ५१ जना र १ हजार ७ सय ४९ एन्टीजेन परीक्षणका क्रममा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय ३३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७२ हजार ४ सय ९७ जना निको भएका छन् ।

हाल नेपालमा ५ हजार ६ सय ५९ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*