अनशनरत केसीलाई काठमाडौं लान सेनाको स्काइ ट्रक धनगढीमा, केसी जान मानेनन्

धनगढी । स्वास्थ्य सेवा सुधारका माग राखेर ९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीलाई लिन नेपाली सेनाको स्काई ट्रक धनगढी आएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोलीले अस्पताल पुगेर केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरेका छन् ।
तर उनले उपचारका लागि काठमाडौं जान मानेका छैनन् । आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले आग्रह गरेका छन् ।
उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा।केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी गरिएको जिल्ला प्रशासनले कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।