मकवानपुरमा डेंगीको १ हजार ८ सय २९ संक्रमित

हेटौँडा । लामखुट्टेको टोकाइबाट हुने डेंगीको कारण मकवानपुरमा १ हजार ८ सय २९ जना संक्रमित भएका छन् । डेंगी संक्रमणको कारण मकवानपुरमा साउन यता एक जनाको ज्यान समेत गएको छ । डेंगी बढेसँगै यहाको सरकारी तथा नीजि स्वास्थ्य स्वास्थ्य संस्थामा बिरामीको चाप पनि बढेको छ ।
पछील्लो २४ घण्टाभित्रमा मात्र मकवानपुरमा २१९ जनामा डेंगु संक्रमण भएको छ ।

गत श्रावण देखी मकवानपुरमा एक हजार ३७ जना पुरुष र ७९२ जना महिला गरी एक हजार ८२९ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
उच्चतम ज्वरो आउने र शरिर गल्ने जस्ता लक्षण देख्ना साथ नजिकको स्वास्थ्य संस्थाका परिक्षण गर्न स्वास्थ्य निकायहरुले आग्रह गरेको छ । बालबालिका र वयोवृद्धाहरुलाई बढी रेखदेख गरी सबैलाई झुलको प्रयोग गर्न सरकारले आग्रह गरेको छ ।

घर वरिपरि खाल्डाखुल्टीमा रहेका पानीहरु हटाउने, पानी जम्न नदिने र झुलको प्रयोग गर्नुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । हेटौंडा क्षेत्रमा बढी रहेकाले सजग रहन आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*