४ हजार नाघ्यो मकवानपुरमा डेंगु संक्रमितको संख्या

हेटौंडा । मकवानपुरमा डेंगु संक्रमण हुनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ ।

लामखुट्टेको टोकाइबाट हुने डेंगु यहाँ हालसम्म ४ हजार १ सय भन्दा बढीमा संक्रमण भएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुर अनुसार शुक्रबार थप २ सय ७ जनामा डेंगु देखिएसँगै संक्रमण हुनेको सख्या ४ हजार १ सय ३१ पुगेको छ ।

सबैभन्दा बढी डेंगु संक्रमित हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यहाँ हालसम्म ३ हजार ४७५ जनामा संक्रमण भएको कार्यालयले जनाएको छ । हेटौंडासँगै जिल्लाको मनहरी गाउँपालिका, थाहा नगरपालिका र मकवानपुरगढीमा पनि डेंगुका बिरामीहरु बढीरहेका छन् ।

डेंगु बढेसँगै जिल्लाका अस्पताल र निजी स्वास्थ्य क्लिनिकहरुमा बिरामीको चाप पनि बढेको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेंगु सार्ने लामखुट्टे ग्रामिण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी पाइने गर्छ ।

डेंगु हुँदा उच्च ज्वरो आउने, कडा खालको टाउको दुखाइ हुने, आँखाको गेडी पछाडि दुख्ने, सामान्य रुघा लाग्ने, वान्ता हुने, शरीरमा राता खालका बिमिरा देखिने, कडा खालको डेंगुमा विभिन्न जटिलताका लक्षण देखिने र समयमै उपचार नपाए संक्रमतिको ज्यान पनि जान सक्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*