आगामी मंगलबार खण्डग्रास सूर्य ग्रहण

काठमाडौं । आगामी मंगलबार खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ । यूरोपका विभिन्न भागहरु, उत्तरपूर्वी अफ्रिका तथा पश्चिम, मध्य र दक्षिण एसियाबाट यो ग्रहण देख्न सकिने विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले जनाएको छ ।

रुसको साइवेरिया मैदानबाट उच्चतम सूर्य ग्रहणको मध्य देख्न सकिन्छ भने नेपालको सबै भागबाट केही क्षणका लागि सूर्यास्तको समयमा पश्चिम–दक्षिण पश्चिम भागमा यो अवलोकन गर्न सकिनेछ । नेपालबाट सूर्यास्तको समयमा सूर्य क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उचाई कोणमा सूर्य अवस्थित हुँदा सूर्य ग्रहण पूर्ण अवधिसम्म अवलोकन गर्न नसकिने विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीले जानकारी दिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*