मकवानपुरमा थप १२५ जनामा डेंगु संक्रमण

हेटौंडा । २४ घण्टाको अवधिमा मकवानपुर जिल्लामा १ सय २५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले शुक्रबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार संक्रमित मध्ये १ सय १८ जना हेटौंडा उपमहानगरपालिका क्षेत्रका छन् ।

बकैया गाउँपालिकाका ४ जना, मनहरी गाउँपालिकाका १ जना छन् भने एकजना जिल्ला बाहिरका र एकजनाको ठेगाना खुलेको छैन ।

हालसम्म मकवानपुर जिल्लामा ४ हजार ६ सय ५१ जनामा संक्रमण पुष्टि भइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालयले हालसम्म डेंगु संक्रमित भई एकजनाको मात्रै मृत्यु भएको उल्लेख गरेको छ । तर, डेंगु संक्रमित भई मृत्यु हुनेको यकिन संख्या स्वास्थ्य कार्यालयले संकलन नै गर्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*