रोटरी क्लबद्वारा हेटौंडा अस्पताललाई युएसजी मेशिन हस्तान्तरण

हेटौंडा । हेटौंडा अस्पताललाई युएसजी मेशिन हस्तान्तरण गरिएको छ । करिब १८ लाख रुपैयाँ लागतको युएसजी मेशिन रोटरी क्लब अफ मकवानपुरले सोमबार हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको हो । रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण बहादुर कार्कीले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेडेण्ट डा. रामचन्द्र सापकोटालाई युएसजी मेशिन हस्तान्तरण गर्नुभएको हो ।

मेशिन प्राप्त गरेपछि हेटौंडा अस्पतालका मेडिकल सुपरिटेडेण्ट डा. रामचन्द्र सापकोटाले रोटरी क्लबलाई धन्यवाद व्यक्त गर्दै युएसजी मेशिनको पूर्णरुपमा प्रयोग हुने बताउनुभयो । उहाँले विगतका दिनमा रोटरी क्लबले गरेको सहयोगको स्मरण गर्दै आगामी दिनमा पनि क्लबले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले हेटौंडा अस्पतालको सेवा, सुविधा क्रमिकरुपमा विकास हुँदै गएको बताउनुभयो । उहाँले अस्पतालमा आउने आम नागरिकको अपेक्षालाई पूरा गर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*