भीमफेदी गाउँपालिकामा १५ शैयाको अस्पताल बन्दै

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–६ स्थित बजारमा १५ शैयाको अस्पताल निर्माणको काम धमाधम भइरहेको छ । तीन तलाको अस्पताल निर्माण गर्न लागिएको हो । संघीय सरकारको अनुदानमा भीमफेदी गाउँपालिकाले ठेक्का लगाएर अस्पताल निर्माणको काम गरिरहेको छ ।

१२ करोड रुपैयाँ लागतमा अस्पताल निर्माणको काम भइरहेको हो । गाउँपालिकाले गरेको ठेक्कामा रविना नब शिर्जनशिल जेभीले संझौता गरेर काम गरेको छ ।

तीन तलाको भवनमा दुइ तला ढलानको काम सकिएको भीमफेदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमलाल महर्जनले जानकारी दिनुभयो । अस्पतालको सुविधा सम्पन्न भवन संगै क्वाटर पनि निर्माण गरिने उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*