को हुन त भावी अध्यक्ष क्षितिज थेवे ?

चैत २५ । क्षितिज थेवे पूर्वी नेपालको ताप्लेजुङमा जन्मिएका हुन् । सानैदेखि पढाइमा अब्बल रहेका उनी स्कुल जीवनदेखि नै राजनीतिमा आकर्षित भए । एमाले निकट अनेरास्ववियु हुँदै पछि युवा राजनीतिमा होमिए । हाल राष्ट्रिय युवा संघ, नेपालका महासचिव रहेका उनी प्रष्ट वक्ता हुन् । युवा शक्तिलाई उद्यम, उत्पादन र प्रविधीमा जोडेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने मत राख्ने उनकै अग्रसरताका युवा संघले रचनात्मक र सिर्जनात्मक कामहरु पनि अगाडि बढाइरहेको छ । राष्ट्रिय युवा संघ, नेपालको चैत २७, २८ र २९ गते हुने नवौ महाधिवेसन, अबको कार्यदिशा, नेपाली युवाका सरोकार र भूमिकालगायतका विषयमा केन्द्रीत रहेर महासचिव थेवेसँग गरिएको संवाद :

राष्ट्रिय युवा संघ, नेपालको नवौं महाधिवेशनपछि कार्यदिशा के हुन्छ ?

चैत २७, २८ र २९ गते नेपालगन्जमा हुने नवौँ राष्ट्रिय महाधिवेशनलाई नयाँ सोचका साथ सम्पन्न गर्दैछौं । नेपाली युवाहरुलाई समृद्ध नेपाल निर्माणका लागि कसरी परिचालन गर्ने भन्ने विषयमा यो सम्मेलन केन्द्रीत हुनेछ । युवा जनसंख्या यो देशको सबैभन्दा ठूलो शक्ति र सम्पत्ति हो । युवाहरुलाई सही तरिकाले परिचालन र सदुपयोग गर्न सक्यो भने मात्र देश बन्छ । नेपालमा रहेका १६—४० वर्ष उमेर समूहका १ करोड २४ लाख बढी युवाहरुलाई नयाँ किसिमको विचार दिएर हामी महाधिवेसनबाट अगाडि बढ्ने प्रयास गर्छौँ । अबका युवाको कार्यदिशा भनेको युवा दशक बनाउने कार्यदिशा हुन्छ । हामी युवा दशक मनाउँछौँ र उक्त युवा दशकमा समृद्ध नेपाल निर्माण गर्ने अभिभारा पूरा गर्छौँ । त्यसका लागि राष्ट्रिय युवा संघ, नेपालले उन्नत, उच्चस्तर र समृद्धि लक्षित कार्यदिशा तय गर्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*