हालसम्म डेंगुबाट ७ जनाको मृत्यु

काठमाडौं । नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवाविभागले जनाएको छ ।

स्वास्थ्य सेवाविभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासीनीलेहालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिनुभयो ।

सोमबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै डा. मरासीनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमितसंख्या रहेको बताउनुभयो । उहाँले ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताउनुभयो । डा.मरासीनिले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेलापनिडेंगु सर्न सक्ने बताउनुभयो । हालसम्म ७ जनाको मृत्यु भएको पनि डा. मरासिनीलेजानकारी दिनुभयो ।

स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा निःशुल्क हुने गरेको बताउनुभयो । डा.पोखरेलले डेंगु रोकथाम र नियन्त्रणकालागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*