कोशीको सभामुखमा एमालेले राप्रपाका विष्टलाई समर्थन गर्ने

विराटनगर । नेकपा एमालेले पनि कोशी प्रदेशको सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।

केही समयअघि सकिएको एमालेको बैठकले सभामुखमा सत्ता गठबन्धनको समर्थनमा उम्मेदवारी दिने तयारी गरेका राप्रपाका अम्बरबहादुर विष्टलाई समर्थन गर्ने निर्णय गरेको हो ।

नेकपा एमाले सांसद लिलाबल्लभ अधिकारीका अनुसार एमालेले विष्टलाई नै समर्थन गर्ने निर्णय गरेको छ ।

एमालेले पनि समर्थन गर्ने भएपछि विष्ट सर्वसम्मत सभामुख बन्ने करिब निश्चित जस्तै भएको छ । विष्ट राप्रपाका समानुपातिक सांसद हुन् ।

विष्ट सभामुख बनेपछि राप्रपाको दुईवटा प्रदेशमा सभामुख हुनेछन् । बागमती प्रदेश सभामा राप्रपाकै भुवनकुमार पाठक सभामुख छन् ।

कोशीमा सभामुखको निर्वाचन आज दिउँसो ३ बजे हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*