यु—१९ एसिया कप महिला क्रिकेटमा आज नेपाल भारतसँग खेल्दै

काठमाडौं । मलेसियामा जारी एसीसी अण्डर नाइन्टिन एसिया कप महिला क्रिकेटमा आज नेपालले भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ११ः४५ बजेदेखि शुरु हुनेछ ।

क्वालालम्पुरको बायुमास ओभल मैदानमा हुने यो खेलको विजेताले समुह विजेताको टुंगो लगाउनेछ । समुहमा भारत र नेपालले समान एक एक खेल जितेका छन् । पाकिस्तानलाई हराउँदै २—२ अंक जोडेका नेपाल र भारत सुपर फोरमा प्रवेश गरिसकेका छन् ।

अण्डर नाइन्टिन एसिया कप महिला क्रिकेटको समुह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान रहेका छन् भने समुह ‘बि’ मा बंगलादेश, श्रीलंका र मलेसिया छन् ।

दुवै समुहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरमा फेरि चार टोलीबिच लिग म्याच हुनेछ । राउण्ड रोबिन आधारमा हुने सुपर फोरका शीर्ष दुई टोलीबिच फाइनल भिडन्त हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*