हेटौँडामा १११ किलो गाँजासहित एक जना पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले अवैध एक सय ११ किलो गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौँडा–१५ राटोमाटे चेकपोईन्टमा जाँच गर्दा हेटौडातर्फबाट निजगढतर्फ जाँदै गरेको बा ७ च २५१० नं. को पिकअपमा एक सय ११ किलो गाँजा बरामद गरेको छ ।
प्रहरीले गाँजा सहित सो गाडीका चालक जिल्ला मकवानपुर कैलाश गाउँपालिका – २ डाँडाखर्क बस्ने वर्ष ३४ को रावल स्याङ्वोलाई पक्राउ गरेको छ ।