हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ८ भृकुटी टोलमा हात्ती आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

शुक्रबार राति करिब १२ बजे जंगलबाट निस्किएको हात्तीको आक्रमणबाट भृकुटी टोलका ७३ वर्षीय हरिप्रसाद घिमिरेको मृत्यु भएको हो ।

बच्चासहित आएको माउ हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको स्थानीयलाई उद्दत गर्दै प्रहरीले जनाएको छ । राति घरबाट निस्किएको अवस्थामा नजिकै रहेको जंगलबाट आएको हात्तीले उनलाई आक्रमण गरेको थियो । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*