शहीद दिवसमा महानगरपालिकाको प्रभातफेरी

काठमाडौं– शहीद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आज बिहान प्रभातफेरीसहित माल्यार्पण तथा स्मृतिसभा आयोजना गरेको छ ।

काठमाडौं महानगरपालिकाले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरि शहीद सप्ताह मनाउने गरेको छ ।

महानगरपालिकाले आज बिहानै शान्तिबाटिकाबाट शहीद स्मारकसम्म र्‍यालीको आयोजना गरेको थियो ।

र्‍यालीमा नेपाल सरकारका मन्त्रीहरू, संवैधानिक अङ्गका पदाधिकारीहरू , नेपाल सरकारका उच्च पदस्थ अधिकारी, संविधान सभा तथा व्यवस्थापिका संसद्का सदस्यहरू सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*