रुख काट्ने क्रममा अचानक रुख ढलेर १२ बर्षिय बालकको मृत्यु

हेटौंडा । हजुरबाले ढालेको रुखले च्याप्दा १२ वर्षका नातीको मृत्यु भएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, खानिखेतमा रुख ढल्दा गम्भीर घाइते भएका १२ वर्षीय आदर्श पुडासैनीको उपचारका क्रममा मृत्यु भएको छ। मंगलबार दिउँसो करिब ३ बजेतिरको भागिरथ पुडासैनीले आफ्नै घर नजिक रुख काट्ने क्रममा अचानक रुख ढलेर उनका नाती आदर्श पुडासैनी च्यापिएका थिए।

घटनामा टाउको र दुबै हातमा गम्भीर चोट लागेको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक खगेन्द्रलाल गुभाजुको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। घाइते बालकलाई तत्काल उद्धार गरी उपचारका लागि एम्बुलेन्स मार्फत ५ बजेतिरको समयमा काठमाडौँस्थित टिचिङ अस्पताल पुर्‍याइएको थियो। तर, उपचारका क्रममा ७ः३० बजे चिकित्सकले उनलाई मृत घोषित गरेको मकवानपुर प्रहरीले जनाएको छ।

मृतक बालकको शव टिचिङ अस्पतालको शवगृहमा राखिएको छ भने घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*