युक्रेनलाई दिदै आएको सहयोग रोक्न ट्रम्पको आदेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइने सबै सैनिक सहयोग रोक्न आदेश दिएका छन् । ट्रम्पको यो आदेशसँगै भोलोदिमिर जेलेन्स्की थप दबाबमा परेका छन् ।

ओभल अफिसमा युक्रेनी राष्ट्रपतिसँग भएको तनावपूर्ण बैठकको केही दिन पछि ट्रम्पले उक्त निर्णय गरेका हुन् । ब्लुम्बर्गका अनुसार यसले युक्रेनको सबैभन्दा महत्त्वपूर्ण सहयोगी देशको समर्थन अनिश्चित बनेको छ ।

अमेरिकी रक्षा विभागका एक वरिष्ठ अधिकारीका अनुसार, संयुक्त राज्य अमेरिकाले अहिले युक्रेनलाई दिइरहेको सबै सैनिक सहयोग रोक्ने निर्णय गरेको छ। यो सहयोग युक्रेनी नेताहरूले शान्तिप्रति ईमान्दार प्रतिबद्धता नदेखाएसम्म रोकिने ट्रम्पले बताएका छन् ।

ब्लुम्बर्गसँग नाम उल्लेख नगर्ने शर्तमा ती वरिष्ठ अधिकारीले बताए अनुसार ट्रम्पको आदेशसँगै अब कुनै अमेरिकी सैन्य उपकरणहरू अब युक्रेन पठाइनेछैन । यसमा हवाइजहाज तथा पानीजहाजमार्फत पठाइँदै गरेका हतियारहरू र पोल्यान्डमा ट्रान्जिट क्षेत्रमा रोकिएका सामग्रीहरू पनि समावेश छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*