भूमिसम्बन्धी अध्यादेश रोक्न सरकार सहमत

काठमाडौं । भूमिसम्बन्धी अध्यादेश रोक्न सरकार सहमत भएको छ। यससँगै भूमिसम्बन्धी बाहेक पाँच अध्यादेश बुधबार बस्ने प्रतिनिधिसभाको बैठक र बिहीबार बस्ने राष्ट्रिय सभाको बैठकमा पेस गर्ने सहमति भएको हो।

सरकारले ६ वटा अध्यादेश ल्याएको छ। तर, सत्ता गठबन्धनमा रहेका जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ताको अडान राखेकाले पाँच वटा अध्यादेशमात्र पास गर्ने सहमति भएको सत्तापक्षीय दल नेपाली कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिएका छन्।

जसअनुसार भूमिसम्बन्धीबाहेक आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश संसदको बैठकमा निर्णार्थ प्रस्तुत हुनेछन्।

यी अध्यादेश सरकारले गत पुस २७ गते जारी गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*