नेपाल–चीन सीमा क्षेत्रमा ५.९ म्याग्निच्युडको भूकम्प

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएको छ ।

तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले जानकारी दिए ।

भूकम्पको धक्का काठमाडौं सहितका जिल्फामा पनि महसुस भएको छ । २ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको हो ।

आज बिहानमात्रै म्याग्दी र बागलुङमा पनि भूकम्प गएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*