हमास युद्ध विरामका लागि वार्ता हुँदै

कतार – हमास युद्ध विरामका लागि इजिप्ट, कतार र अमेरिकाको मध्यस्थतामा सोमबार कतारको दोहामा शान्ति वार्ता हुँदै छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतले हमाससँगको सोझो वार्ता उपलब्धि मूलक हुने तथा यसको परिणाम यसै साता देखिने बताएका छन्।

ट्रम्पका दुत आदम बोस्चरले केही इजरायली सञ्चार माध्यमले उनको भनाइलाई अतिरञ्जित गरेको आरोप समेत लगाए। उनले यो कुरा सामाजिक सञ्जाल मार्फत व्यक्त गरेका हुन्।

वार्ता अगाडी नै इजिप्टले गाजाको पुनः संरचनाको योजना सार्वजनिक गरेको छ। पहिलो चरणमा तीन अर्ब अमेरिकी डलर तथा दोस्रो चरणको २० अर्ब अमेरिकी डलर बराबरको पुनः संरचना योजना इजिप्टले तयार पारेको हो।

युद्ध विरामका इजरायलले बन्दी बनाएका सबै जनाको रिहाइको विषयमा छलफल हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*