मकवानपुर क्याम्पसमा एमाले र कांग्रेस एक्लाएक्लै मैदानमा

हेटौँडा । आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मकवानपुरको सबैभन्दा ठुलो क्याम्पसको रुपमा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारी,राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन राप्रविसं तथा तथा एकिकृत समाजवादी निकट अनेरास्ववियूले प्यानल बनाएर उम्मेद्वारी दर्ता गरेका छन भने एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेपाल विद्यार्थी संघले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेद्वारी दर्ता गराएका छन् ।

समग्रमा हेर्दा यो पटक मकवानपुर बहुमुखी क्याम्पसमा माओवादी–राजावादीको प्यानल निर्माण भएको छ । जहाँ एकिकृत समाजवादी पनि मिसिएको छ । एमाले र कांग्रेसका विद्यार्थी संगठनबिच “अलाइन्स”को अन्तिम तयारी भएपनि त्यो हुन नसकेपछि छुट्टाछुट्टै उम्मेद्वारी दर्ता भएको छ ।
माओवादी–राप्रपा–समाजवादी प्यानलबाट अनेरास्ववियु क्रान्तिकारीका छोइसाङ लामाले अध्यक्षमा उम्मेद्वारी दिएका छन् भने एमाले निकट अनेरास्ववियुबाट प्रसिद्ध रेग्मी, कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट सागर घिमिरे तथा स्वतन्त्रबाट पुष्कर घिमिरेले उम्मेद्वारी दिएका छन् ।

सचिवमा अनेरास्ववियुबाट जस्प्रीता अधिकारी, नेविसंघबाट उत्सव ढुंगाना तथा गठवन्धनबाट दिपेश कार्की उम्मेद्वार भएका छन् । कोषाध्यक्षमा अनेरास्ववियुबाट निर्दोष लुइटेल, नेविसंघबाट मनिषा घिमिरे तथा गठवन्धनबाट अमन राय उम्मेद्वार बनेका छन् । ८ जना सदस्यको लागि अनेरास्ववियु, अखिल क्रान्तिकारी तथा नेविसंघले ८–८ जना गरि २४ जनालाई मैदानमा उतारेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*