आज नेपाल र युगाण्डा खेल्ने

काठमाडौं– चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र युगाण्डाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न पौने ५ बजे सुरु हुनेछ ।

जारी सिरिजमा नेपालले खेलेका चारमध्ये एकमा जित र तीनमा हार बेहोरेको छ । नामिबियासँग दुई र हङकङसँग एक हार भोगेको नेपालले युगाण्डालाई हराएको थियो ।

अब नेपालले चैत १ गते हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*