हेटौंडा-१८ मा नेतृत्व विकास तथा लेखा व्यवस्थापन सम्बन्धी तालिम सुरु

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा–१८ स्थित १३ वटा टोल विकास संस्था तथा वडा समन्वय समितिका पदाधिकारीहरूका लागि ३ दिने नेतृत्व विकास तथा लेखा व्यवस्थापन सम्बन्धी तालिम आजबाट सुरु भएको छ ।

कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा वडा नं–१८ का वडा अध्यक्ष अनिल कुमार बाँनियाको प्रमुख आतिथ्यतामा रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाँनियाले स्थानीय विकासमा टोल विकास संस्थाहरूको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै सामाजिक रूपान्तरण, पूर्वाधार निर्माण, वातावरणीय संरक्षण तथा समृद्धिको अभियानमा यस्ता संस्थाको योगदान उल्लेखनीय रहेको बताए। उनले नेतृत्व विकास तथा लेखा पारदर्शिता संस्थागत विकासको आधार भएको बताउँदै यस्ता तालिमहरू आवश्यक र प्रभावकारी हुने विश्वास व्यक्त गरे।

त्यसैगरी, नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले टोल स्तरमै सशक्त नेतृत्व विकास र पारदर्शी लेखा प्रणालीमार्फत समुदायको समस्या समाधान तथा सामाजिक जागरणको अभियानलाई गति दिने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको जानकारी दिए। उनले सहभागिता, समन्वय र सामूहिक प्रयासमार्फत समृद्ध टोल निर्माणमा सबैको सहयोग आवश्यक रहेको बताए।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सामाजिक शाखा प्रमुख गंगा चौलागाई, नगर समन्वय समितिका उपाध्यक्ष सति न्यौपाने, महासचिव शिवहरी दाहाल, उपमहासचिव देवकुमार श्रेष्ठ, सचिव चन्द्रावति पनेरू, सदस्य लोकेन्द्र सुर्खेती, वडा समन्वय समितिका अध्यक्ष बिमला बिसङ्खे लगायतको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*