भिजिट भिसा प्रकरणमा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले भिजिट भिसा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका सम्बन्धमा छानबिन गर्नका लागि पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिवसमेत रहेका वैरागीको नेतृत्वमा अध्यागमन र भिजिट भिसाको उच्चस्तरीय अध्ययन एवं छानबिन समितिु गठन गरेको हो ।
समितिमा विभिन्न मन्त्रालयका सहसचिवहरू रहने व्यवस्था गरिएको एक मन्त्रीले जानकारी दिए । गृह, श्रम, संघीय मामिला, परराष्ट्र मन्त्रालयका सहसचिवहरू सदस्य रहेको उच्चस्तरीय छानबिन समिति गठन गरिएको हो । समितिलाई ३ महिनाको समयसिमा दिइएको एक मन्त्रीले जानकारी दिए ।
























