मकवानपुरमा फुल कन्ट्याक्ट कराते महासंघको गठन

हेटौंडा । मकवानपुर जिल्लामा कृयाशील फुल कन्ट्याक्ट करातेका संघ प्रशिक्षक र खेलाडीहरूको सहभागितामा मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी आइकेओ युनियन का अध्यक्ष बुद्धिनाथ न्यौपानेको सभाध्यक्षतामा एक विशेष भेला सम्पन्न भएको छ ।

बागमती प्रदेश फुल कन्ट्याक्ट कराते महासंघको पत्रानुसार सम्पन्न उक्त भेला तदर्थ समितिका अध्यक्ष केशव देसारको उपस्थितिमा भएको हो । भेलामा मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख माधव कोईरालाको प्रमुख आतिथ्यता रहेको थियो ।

सभाध्यक्ष न्यौपानेका अनुसार जिल्लामा फुल कन्ट्याक्ट करातेका खेलाडी, प्रशिक्षक तथा खेल संघहरूको हकहित संरक्षण र समान अवसरको सुनिश्चितता गर्ने उद्देश्यले मकवानपुर जिल्ला फुल कन्ट्याक्ट कराते महासंघको औपचारिक रुपमा गठन गरिएको बताए ।

भेलाबाट नेपाल बालकुमारी क्योकुशिन करातेका केन्द्रीय उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक विष्णु श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । समितिमा उपाध्यक्षमा लवाङ दोर्जे लामा र चन्द्र कुमार गोले, सचिवमा एञ्जीला मोक्तान, कोषाध्यक्षमा सीता श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सुसन श्रेष्ठ, शशी प्रसाद विश्वकर्मा, अमित गोले र बसन्ती स्याङतान रहेका छन् ।

उक्त भेलाले जिल्ला स्तरमा फुल कन्ट्याक्ट कराते खेलको संस्थागत विकास र समन्वयका लागि नयाँ ढोका खोल्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*