रुबीको हत्या आरोपी लक्ष्मणको उपचारका क्रममा मृत्यु

काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका-६ माधोपुरकी ३० वर्षीया रुबीकुमारी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको बुधबार साँझ मृत्यु भएको छ । लक्ष्मणले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

रुबीको हत्यापछि लक्ष्मण फरार भएका थिए । माधोपुर गाउँनजिक शरीरमा मट्टितेल खन्याएर आत्महत्याको प्रयास गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरीले उनलाई उपचारका लागि बुधबार बिहान अस्पताल लगेको थियो ।

रुबीको हत्या गरी फरार माधोपुर घर भएका पासवान बिहान आत्महत्याको प्रयास गरेको अवस्थामा माधोपुर गाउँमा फेला परेका हुन् । उनलाई तत्कालै स्थानीय अस्पताल पुर्‍याइएको थियो । शरीरको अनुहारलगायत भाग जलेर गम्भीर घाइते भएका पासवानको उपचारका क्रममा कीर्तिपुर वर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले पुष्टि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*