हेटौंडामा ५४ जनाले गरे रक्तदान

हेटौंडा । नेपाल मानव धर्म सेवा समिति, हेटौंडाको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेको समितिले जानकारी दिएको छ ।

रक्तदान, जीवनदान – आत्मज्ञान, अति महान सेवा गर्ने हाम्रो अभियान भन्ने मूल नाराका साथ कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रम मानव धर्मका प्रणेता सतपाल जी महाराजको ७५ औँ जन्मोत्सवको अवसरमा आयोजित गरिएको थियो ।

रक्तदान कार्यक्रम ब्लड बैंक हेटौंडाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय, स्वयंसेवक, युवा र सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

समितिका प्रतिनिधिहरूले यस्ता सेवा मूलक कार्यक्रमले रक्त अभावका कारण हुने  जोखिम कम गर्न सहयोग पुर्‍याउने र समाजमा मानव धर्म र सेवा भावनाको सन्देश फैलाउने विश्वास व्यक्त गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*