नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने

काठमाडौं । सन् २०२५-२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुनसक्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले मंगलबार एसिया डेभलपमेन्ट सार्वजनिक गर्दै नेपालमा भर्खरै भएको आन्दोलनले सार्वजनिक र निजी क्षेत्रको पूर्वाधारमा पुर्याएको क्षतिले आर्थिक वृद्धिदरमा सुस्तता आउने प्रक्षेपण गरेको हो ।

जलविद्युत, औद्योगिक उत्पादन र कृषि क्षेत्रमा सुधारका कारण अघिल्लो आर्थिक वर्ष ०८०-८१ को तुलनामा नेपालको आर्थिक वृद्धिदर गत आर्थिक वर्ष ०८१-८२ मा सुधार भएको जनाएको छ ।

तर, नेपालको पछिल्लो राजनीतिक उथलपुथलका कारण चालु आर्थिक वर्षमा १.५ देखि २.६ प्रतिशतसम्म आर्थिक वृद्धिदरमा नकारात्मक असर पर्ने विश्व बैंकले अनुमान गरेको छ । चालु आर्थिक वर्षमा विदेशी पर्यटक आगमनमा असर पर्न सक्ने र बिमा क्षेत्रलाई असर पर्नसक्ने विश्व बैंकले उल्लेख गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*