हेटौँडामा विद्युतीय स्कुटर याडियाको शोरुम खुल्यो

हेटौँडा, मकवानपुर । विश्वप्रसिद्ध विद्युतीय स्कुटर तथा साइकल निर्माण कम्पनी याडियाको शोरुम हेटौँडामा सञ्चालनमा आएको छ । बुधबार हेटौँडा–१०, टिसिएन रोडमा रहेको ‘इभो भोल्ट्स सिटी’ नामक शोरुमको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रम शोरुम सञ्चालक परिवारकी ज्येष्ठ सदस्य रत्नमाया शाक्य, हेटौँडा–१० का वडाध्यक्ष फूर्वादोर्जे लामा, मकवानपुर उद्योग वाणिज्य संघकी महासचिव प्रतिमा श्रेष्ठले संयुक्तरूपमा पानसमा बत्ती बालेर र रिबन काटेर गर्नुभएको थियो।

शोरुममा हाल याडियाका तीन मोडलका विद्युतीय स्कुटर तथा एक मोडलको साइकल बिक्रीका लागि उपलब्ध छन् । दसैं, तिहार तथा छठ पर्व साथै शोरुम उद्घाटनलाई लक्षित गर्दै शोरुमले विशेष छुट योजना समेत सार्वजनिक गरेको छ । सो योजना अनुसार स्कुटर तथा साइकल खरिदमा २० हजारदेखि ४० हजार रुपैयाँसम्म छुट प्रदान गरिने जानकारी शोरुम सञ्चालक रोमन शाक्यले दिनुभयो ।

याडिया स्कुटरको मूल्य १ लाख ८५ हजारदेखि २ लाख ८५ हजार रुपैयाँसम्म तथा विद्युतीय साइकलको मूल्य ९५ हजार तोकिएको छ । विद्युतीय सवारी साधनप्रति बढ्दो आकर्षणका बीच विश्व नम्बर एक ब्राण्ड याडियाको शोरुम हेटौँडामा सञ्चालनमा आउनु उपभोक्ताका लागि सकारात्मक कदम हुने सञ्चालक शाक्यको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*