माओवादी र नेकपा एससहित आठ दलबीच एकता

काठमाडौँ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी नेकपा एस लगायत आठ कम्युनिस्ट पार्टीहरुले माओवादीका निवर्तमान अध्यक्ष हाल संयोजक पुष्पकमल दाहाल संयोजक र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक हुने गरी पार्टी एकता गर्ने निर्णय गरेका छन् ।

माआवादी र नेकपा एसमा पार्टी एकताविरुद्ध फरक मत भए पनि दाहाल, नेपाललगायत नेताको जोडबलमा आइतबार बेलुका भएको १८ बुँदे एकता सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

नेकपा एसका वरिष्ठ नेता एवं वार्ता टोलीका संयोजक बेदुराम भुसालले एकीकृत पार्टीमा माओवादी निवर्तमान अध्यक्ष दाहाल संयोजक र नेकपा एसका अध्यक्ष नेपाल सहसंयोजक हुने सहमति भएको जानकारी दिए ।

पार्टीको नाम नेकपा समाजवादी र चुनाव चिह्न पाँचकुने तारा हुने उनीहरुले सहमति गरेका छन् । माओवादीले माओवादका साथै नाम र नेकपा एसले नाम छाडेको छ । उनीहरु अगाडि नेपाल कम्युनिस्ट पार्टी नेकपा जोडे पनि समाजवादी विचारमा अघि बढेका छन् । ‘प्रचण्डजी संयोजक र माधव नेपाल सहसंयोजक हुने सहमति भइसकेको छ,’ उनले भने, ‘कात्तिक १९ मा हुने एकता राष्ट्रिय सम्मेलनमा एकता घोषणा हुनेछ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*