मधेश प्रदेश प्रमुख सुवेदीलाई हटाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । मधेश प्रदेशको प्रमुख सुमित्रा सुवेदीलाई पदबाट हटाउने निर्णय सरकारले गरेको छ।
मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले कान्तिपुरलाई बताए।
गत शनिबार मधेश प्रदेशको मुख्यमन्त्री पदबाट जितेन्द्रप्रसाद सोनार सोनलले राजीनामा दिएपछि सोमबार बिहान ४ बजे बर्दिबासको पानस होटल प्रदेश प्रमुख भण्डारीले एमालेका सरोजकुमार यादवलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन् ।
























