न्यौपाने निर्माण सामग्री ब्यवसायी संघको अध्यक्षमा चयन
२९ बैशाख,हेटौँडा । निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा कृष्णराम न्यौपाने चयन भएका छन् । चौथो अधिवेशनले न्यौपानेले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो । यस्तै संघको उपाध्यक्षमा बालकृष्ण बजगाइँ, सचिवमा पुरुषोत्तम पौडेल, सहसचिवमा नारायणप्रसाद बर्तौला, कोषाध्यक्षमा स्वयम्भु शाक्य चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा रोशन सापकोटा, सुदिप तिमल्सिना, मनु सिनुरिया बनियाँ, गोपाल श्रेष्ठ र हरिशचन्द्र बर्तौला चयन भएका छन् ।
























