अब देशको नेतृत्व गर्नुपर्छ जस्तो लागिरहेको छ :कुलमान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले अब देशको नेतृत्वको जिम्मेवारी लिनु पर्ने समय आएको भनी बताएका छन् । उनले ‘उज्यालो नेपाल पार्टी’को घोषणासभामा प्रमुख अतिथि भएर यस्तो भनाइ राखेका हुन् ।

घिसिङले आफ्नो अन्तर्राष्ट्रिय भ्रमणका अनुभव पनि साझा गर्दै भने, “विदेशमा रहेका नेपालीहरूले देशप्रति कति माया र समर्थन देखाउनुहुन्छ, त्यो मैले बुझेँ। उज्यालो नेपाल पार्टीका लागि विदेशमा रहेका नेपालीहरूको ठूलो साथ प्राप्त भएको मलाई लाग्छ।”

उज्यालो नेपाल पार्टीको शुभारम्भको श्रेय अनुप उपाध्यायलाई दिँदै घिसिङले पार्टीको भविष्यमा विदेशमा रहेका नेपालीहरूको सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। साथै, घिसिङले आफ्नो राजनीतिक यात्रा र संकटका समयहरूमा नेतृत्वको जिम्मेवारी लिने अनुभव पनि साझा गरे। उनले भने, “जब पनि देश वा संस्थामा संकट आउँछ, म त्यहाँ उपस्थित हुने गरेको छु। विद्युत् प्राधिकरणमा संकटको समयमा मलाई निर्देशक बनाइयो, चिलिमे हाइड्रोपावरमा पनि संकट हुँदा म स्थानीय जनताको समर्थनमा उभिएँ।”

उनका अनुसार, राजनीतिक परिवर्तनका लागि मात्र भाषण गर्ने होइन, त्यसको कार्यान्वयन र परिणाम महत्त्वपूर्ण हुन्छ। ूराजनीतिक परिवर्तनका भाषण गर्न सक्ने व्यक्ति विकास निर्माणको एजेन्डामा असफल हुन सक्छ। डेलिभरी दिनुपर्छ, घिसिङले भने।

घिसिङले विश्वासको महत्त्व र नेतृत्वको असफलताका बारेमा पनि आफ्नो दृष्टिकोण राखे। उनले भने, “नेतृत्व त्यति मात्र महत्त्वपूर्ण हुँदैन, विश्वासको निर्माण र त्यसको पालन पनि अत्यन्त आवश्यक हुन्छ। जब विश्वास गुम्छ, नेतृत्व पनि असफल हुन्छ।”

यस अवसरमा घिसिङले आफूलाई जनताको सेवा र देशको प्रगतिको लागि समर्पित रहेको पनि व्यक्त गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*