पालुङ जेसीजको जेसीज सप्ताह सुरु

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरमा क्रियाशिल सामाजिक संस्था पालुङ जेसीजको जेसीज सप्ताह २०२५ आईतबारदेखि सुरु भएको छ ।

थाहा नगरपालिकाको थानाबजारमा एक कार्यक्रम बिच जेसीज अभिमुखिकरण कार्यक्रमसहित जेसीज सप्ताह २०२५को शुभारम्भ गरिएको हो ।

पालुङ जेसीज बर्ष २०२५ का अध्यक्ष माधब कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीज बर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष एवम् पालुङ जेसीजका लागि निरुपित उपाध्यक्ष सुजन थापाको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा नेपाल जेसीज बर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष एवम् पालुङ जेसीजका पूर्व अध्यक्ष संगम कार्की, पूर्व अध्यक्षहरु पुरुषोत्तम ढकाल, सानोभाइ कार्की, सुरेन्द्रमान प्रधानले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष एवम् पालुङ जेसीजका पूर्व अध्यक्ष पुरुषोत्तम कार्की, पूर्व अध्यक्षहरू सहदेव ढकाल, रामप्रसाद ढकाल, निवर्तमान अध्यक्ष निरज रायमाझी, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्य लगायतको आतिथ्यता रहेको थियो।

बिश्वराम पौडेलको संयोजकत्वमा संचालन भएको कार्यक्रममा पालुङ जेसीज बर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूल कार्यक्रम संयोजक अजित कार्की, उपाध्यक्ष एवम् सह मूल कार्यक्रम संयोजक बिकेश बाबू बस्नेत, कार्यकारिणी उपाध्यक्ष स्मिता बिष्ट, महासचिव सुबिन्द्रमान प्रधान, जनसम्पर्क अधिकारी कमल बिष्ट लगायत जेसीज सदस्यहरुको उपस्थिति रहेको थियो ।

जेसीज सप्ताह अन्तरगत मंसिर २२ गते सोमबार संजिता बस्नेतको संयोजकत्वमा थाहा २ को मंगलेश्वर प्राबिमा भरतरत्न छात्रवृत्ति बितरण कार्यक्रम संचालन हुने जेसीज सप्ताह मूल कार्यक्रम संयोजक अजित कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*