रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता सहमति

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी र बालेन्द्र (बालेन) शाहबीच एकतासम्बन्धी त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ । हिजो बेलुका भएको सहमतिअनुसार पार्टीको नेतृत्व संरचनामा केन्द्रीय सभापति रवि लामिछाने र उपसभापति कुलमान घिसिङ रहनुहुनेछ ।

यस्तै, अन्य उपसभापतिमा डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले रहने उल्लेख छ । रास्वपा सभापति रवि लामिछाने र उनेपा अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गर्नुभएको समझदारी पत्रमा बालेन शाहले साक्षीका रूपमा हस्ताक्षर गर्नुभएको छ ।

सहमतिमा एकतापछि साविक रास्वपाकै नाम र चुनाव चिन्ह रहने उल्लेख छ । यस्तै, रास्वपाको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न ‘घण्टी’ अन्तर्गत लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिलाई आह्वान गर्ने पनि सहमतिपत्रअनुसार उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*