हेटौंडा-३ मा रहेको दियालो बचतको अध्यक्षमा पुनः बर्तौला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका-३ लेवटमा अवस्थित दियालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभा तथा चौथो निर्वाचन वर्ष सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभाबाट अध्यक्ष पदमा दीपक बर्तौला पुनः चयन हुनुभएको छ ।

साधारण सभाले सञ्चालक समितिको उपाध्यक्षमा सुष्मा दुलाल, सचिवमा दीपक सेवाकोटी र कोषाध्यक्षमा अनिल पाठकलाई चयन गरेको छ । यस्तै, सञ्चालक समिति सदस्यहरूमा इन्द्रबहादुर सिंतान, सरिता शाही र निरज थापा मगर चयन हुनुभएको छ ।

त्यसैगरी देवीकुमारी थिङको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति सर्वसम्मत रूपमा चयन गरिएको छ । निर्वाचन समितिको संयोजकमा बसन्तकुमार सिटौला तथा सदस्यद्वय राममणि बर्तौला र शिवराज बर्तौला रहनुभएको थियो।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख महेन्द्र चापागाईंले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशिकाअनुसार प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

सहकारी संस्थामा हाल ९ सय ९१ जना सदस्य आबद्ध रहेका छन्। संस्थाको कुल सेयर पुँजी ६६ लाख ७४ हजार ६ सय रुपैयाँ रहेको छ भने कुल कर्जा लगानी ३ करोड ६२ लाख ९२ हजार १ सय ९१ रुपैयाँ पुगेको छ । यस्तै, कुल बचत रकम ४ करोड ७८ लाख ३५ हजार ८ सय २६ रुपैयाँ रहेको सहकारीका व्यवस्थापक हरिशरण पाठकले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*