मकवानपुरका दुई निर्वाचन क्षेत्रबाट एमालेले गर्यो नाम सिफारिस

हेटौंडा । नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रबाट नौ जनाको नाम सिफारिस गरेको छ । पार्टीले निर्वाचन क्षेत्र नम्बर–१ मा छ जना र क्षेत्र नम्बर-२ मा दुई जनाको नाम सिफारिस गरेको हो ।

एमाले मकवानपुर निर्वाचन क्षेत्र नम्बर-१ को बैठकले प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य रामेश्वर राना, जिल्ला उपाध्यक्ष हिदम लामा, तथा पार्टीका अन्य नेताहरू मदनकुमार दाहाल, कृष्णप्रसाद दाहाल, रामचन्द्र राई र नारायण सापकोटाको नाम सिफारिस गरेको छ ।

यसैगरी, मकवानपुर निर्वाचन क्षेत्र नम्बर-२ को बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान सचेतक महेश कुमार बतौला र पार्टी नेता सुवास चन्द्र ठकुरीको नाम सिफारिस गरेको छ ।

सिफारिस भएका नामहरू जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पठाइने र पार्टीको अन्तिम निर्णय अनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवार चयन गरिने नेकपा एमाले मकवानपुरले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*