क्योकुशिन करातेका खेलाडीलाई बिदाइ

हेटौंडा । हेटौंडाका ८ जना फुलकन्ट्याक क्योकुशिन कराते खेलाडीलाई बिदाइ गरिएको छ । यी खेलाडीहरु आगामी पुस २६ र २७ गते भारतको गुवाहाटीमा हुने चौथो अन्तर्राष्ट्रिय खुल्ला फुलकन्ट्याक क्योकुशिन कराते प्रतियोगितामा भाग लिन गुवाहाटी प्रस्थान गर्न लागेका हुन्।

बिदाइ कार्यक्रमको आयोजना मकवानपुर जिल्ला खेलकुद विकास समिति र हेटौंडा उपमहानगरपालिका वडा नं. १८ कार्यालयले गरेको थियो।

गुवाहाटी जाने खेलाडीहरुमा रेफ्रीद्वय सीता श्रेष्ठ र अमृत सुनार, साथै खेलाडीहरुस् रोहित थापा, रिदम थापा, ज्योति लुङ्बा, सबिना आले, रेश्मा थापा र शशिप्रसाद बी.क. रहेका छन्।

कार्यक्रममा वडाध्यक्ष अनिल बानियाँ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राज मुक्तान, समितिका पूर्व अध्यक्ष सानू लामा, क्योकुशिन संघका जिल्ला अध्यक्ष बुद्धिनाथ न्यौपाने, र मुख्य प्रशिक्षक विष्णु श्रेष्ठले खेलाडीहरुलाई सम्मानजनक बिदाइ गर्दै सफलताको शुभकामना व्यक्त गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*