‘माछी खोलिमा-२’ सार्वजनिक 

हेटौंडा । गायक जनक लामा र जितु लोप्चनको स्वरमा सजिएको बहुप्रतिक्षित गीत ‘माछी खोलिमा-२’ आज शुक्रबार औपचारिक रूपमा सार्वजनिक गरिएको छ। उक्त गीत गायक जनक लामाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतका शब्द प्रज्वल दोङले लेखेका हुन् भने संगीत चेतन लामाले दिएका छन् । गीतको एरेञ्ज, मिक्सिङ तथा मास्टरिङ सानुबाबु घिसिङले गरेका छन् ।

यसअघि सार्वजनिक गरिएको ‘माछी खोलिमा-१’ लाई श्रोता दर्शकबाट अत्यधिक माया तथा सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि त्यसैको निरन्तरताका रूपमा ‘माछी खोलिमा-२’ सार्वजनिक गरिएको गायक जनक लामाले बताए । पहिलो गीतले पाएको लोकप्रियताले दोस्रो भाग ल्याउन आफूलाई प्रेरणा मिलेको उनको भनाइ छ । गीतमा माया प्रेमका भावनालाई सरल र प्रेमिल ढङ्गले प्रस्तुत गरिएको छ ।

उक्त गीतको निर्माणमा निर्मल धमला, आशिष वाइबा र चन्द्र लामा प्रायोजकका रूपमा रहेका छन् भने लिजा ए स्टुडियोले प्राविधिक सहयोग प्रदान गरेको छ । गायक लामा मकवानपुरको बकैया गाउँपालिका-७, मामदमार निवासी हुन् । उनले यसअघि पनि थुप्रै चर्चित गीतहरू सार्वजनिक गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*