छोरा कस्मिरको जन्मदिनको अवसरमा वृद्धाश्रममा सहयोग

हेटौंडा । हेटौंडा-१० स्थित किरण एन्ड कस्मिर सुनचाँदी पसलका प्रोप्राइटर किरण दुतराजले आफ्ना छोरा कस्मिर दुतराजको २३ औं जन्मदिनको अवसरमा हेटौंडा-२, चौकी टोलमा रहेको ऊं वृद्धाश्रम मा विशेष कार्यक्रम आयोजना गर्नुभएको छ।

वृद्धाश्रममा आश्रित २३ जना बृद्धबृद्धा आमाबुबालाई खाना खुवाउँदै दुतराज परिवारले आफ्नो पारिवारिक खुशी समाजसँग साझा गर्नुभएको छ । कार्यक्रममा १०२ वर्षका एक वृद्ध बुवाले आशिर्बाद दिनुहुँदा उपस्थित सबै भावुक बनेका थिए ।

कार्यक्रममा बोल्दै किरण दुतराजले हरेक वर्ष परिवारका जन्मदिन तथा वैवाहिक वर्षगाँठजस्ता अवसरमा सामाजिक सेवामूलक कार्य गर्दै आएको बताउनुभयो । “यस किसिमको सेवाले हामीलाई साँचो खुशी र आत्मसन्तुष्टि दिन्छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपाने उपस्थित रहनुभएको थियो । अध्यक्ष न्यौपानेले कार्यक्रमको प्रशंसा गर्दै भन्नुभयो, “घरभित्र तडक–भडक गरेर रमाइलो गर्नु भन्दा समाजका असहाय सदस्यहरूलाई खुशी दिनु साँच्चिकै पुण्यको काम हो ।”

कार्यक्रममा दुतराज परिवारका सदस्यहरू तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*