हेटौंडा-१३ मा भूमि अधिकार मञ्चको वडा कमिटी गठन
हेटौंडा । राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडा कमिटी गठन गरिएको छ । कमिटी गठनको कार्यक्रममा मञ्चका नगर अध्यक्ष गोबिन्दप्रसाद न्यौपानेको सभाध्यक्षता र १३ नम्बर वडा सदस्य सानुमाया नेपालीको प्रमुख आतिथ्यतामा १३ सदस्यीय नयाँ कमिटी घोषणा गरिएको हो ।
कमिटीको अध्यक्षमा विजय जिम्बा चयन भएका छन् भने उपाध्यक्षमा सुकुमाया जिम्बा, सचिवमा शर्मिला घिमिरे, सहसचिवमा रितु नगरकोटी र कोषाध्यक्षमा सबिना घलान चयन भएका छन् ।
यसैगरी, कमिटीका अन्य सदस्यहरूमा दिलकुमारी बिश्वकर्मा, प्रकाश जिम्बा, पार्वती बिश्वकर्मा, आशमान स्यांतान, पदमबहादुर बिश्वकर्मा, सन्तकुमार बिश्वकर्मा, निरमाया सुनार र प्रेमबहादुर घिसिङ रहेका छन् ।
कमिटी गठनको कार्यक्रम मञ्च जिल्ला सहसचिव रुक्मिणी तिमल्सिनाको संयोजकत्वमा भएको थियो । कार्यक्रमको बिशेष आतिथ्यता मञ्च जिल्ला अध्यक्ष देवकृष्ण थोकरले गर्नुभएको थियो ।
कार्यक्रममा हेटौंडा-११ नम्बर वडामञ्च दलित कमिटी अध्यक्ष लक्ष्मी सेञ्चुरी लगायत अन्य स्थानीय नेता तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
























