काठमाण्डौ महानगरपालिकाका मेयर शाहको राजीनामा
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज उपमेयर सुनिता डङ्गोलसमक्ष राजीनामा पत्र बुझाउनुभएको महानगरपालिकाले जनाएको छ ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने तयारीका कारण मेयर शाहले राजीनामा दिनुभएको हो । नेपालको संविधान, २०७२, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा काठमाण्डौ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम स्वेच्छाले पदबाट अलग हुने निर्णय गरिएको उहाँको राजीनामा पत्रमा उल्लेख छ । राजीनामा आजैदेखि लागू हुने बताइएको छ ।
राजीनामा पश्चात् मेयर शाह रास्वपाको केन्द्रीय कार्यालय वनस्थली पुग्नुभएको छ । सो क्रममा पार्टीका नेता तथा कार्यकर्ताले उहाँलाई स्वागत गरेका थिए ।
मेयर शाह आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहनुभएको जनाइएको छ ।
























