निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू
काठमाण्डौ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।
निर्वाचन आयोगको आज बसेको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता लागू गरिएको उहाँले बताउनुभयो ।
आचारसंहिता कार्यान्वयनका सन्दर्भमा आजै आयोगका पदाधिकारीहरूले मन्त्रिपरिषद्का सदस्य तथा उच्चपदस्थ सरकारी कर्मचारीलाई जानकारी गराउने कार्यक्रम रहेको आयोगले जनाएको छ ।























