सहकारी पत्रकार समाजको केन्द्रीय समितिमा मकवानपुरका श्रीराम अर्जुन

हेटौंडा । मकवानपुरमा करिब डेढ दशकदेखी पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार श्रीराम अर्जुन दहाल नेपाल सहकारी पत्रकार समाजको केन्द्रीय समिति सदस्यमा निर्विरोध चयन भएका छन् । समाजको १५ औँ वार्षिक साधारण सभाले अर्जुन खतिवडाको नेतृत्वमा बनेको नयाँ कार्यसमितिमा दहाल सदस्य बनेका हुन् । निर्वाचन कार्यक्रम आइतबार काठमाडौंमा भएको थियो ।

सहकारी चौतारी नामको रेडियो कार्यक्रम उत्पादन गर्दै सहकारी क्षेत्रमा पत्रकारिता गर्दै आएका दहाल केही वर्षदेखी बागमती प्रदेश राजधानी हेटौंडामा रहेर सहकारी, वित्तीय तथा शेयर बजारलाई समेट्दै खबरसहकारी डटकम नामक अनलाइन सञ्चालन गर्दै आइरहेका छन् । दहाल मकवानपुरगढी गाउँपालिका वडा ५ मा रहेको जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको दुई कार्यकाल सचिव र एक कार्यकाल अध्यक्ष भई काम गरेका छन् ।

नेपाल पत्रकार महासंघ मकवानपुरका कार्य समिति सदस्य र चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाका उपाध्यक्ष समेत रहेका छन् ।

समाजको उपाध्यक्षमा नमिता दुलाल, सचिवमा माधवकुमार खड्का, सहसचिवमा हिराकाजी बस्नेत, कोषाध्यक्षमा प्रविन राउत र सदस्यहरुमा श्रीराम अर्जुन दहाल र ईश्वर ढुङ्गेल चयन भएका छन् । दुई सदस्य भने पहिलो बैठकबाट मनोनित गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*