चुनावी अभियानअन्तर्गत हेटौंडा आउँदै कुलमान
हेटौंडा । कुलमान घिसिङ फागुन १४ गते हेटौंडामा आयोजना हुने आमसभामा सहभागी हुने भएका छन् । उज्यालो नेपाल पार्टीका अध्यक्षसमेत रहेका घिसिङ पार्टीको चुनावी अभियानअन्तर्गत कार्यक्रमलाई सम्बोधन गर्न हेटौंडा आउन लागेका हुन् ।
आयोजकका अनुसार आमसभामा अध्यक्ष घिसिङले वर्तमान राजनीतिक अवस्था, विकास निर्माण, सुशासन र जनजीविकासँग सम्बन्धित विषयमा धारणा राख्नेछन् । कार्यक्रममा पार्टीका प्रदेश तथा जिल्ला तहका नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ ।
आमसभा हेटौंडाको प्रमुख स्थल हुप्राचौरमा आयोजना गरिने जनाइएको छ ।
























