धादिङमा बस दुर्घटना १७ जनाको घटनास्थलमै मृत्यु
काठमाण्डौ । पोखराबाट काठमाण्डौका लागि छुटेको बस धादिङको त्रिशूली नदी किनारमा खस्दा १७ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा परेर २४ घाइते भएका छन् ।
ग २ ख १४२१ नम्बरको बस गएराति धादिङको बेनिघाटरोराङको चरौंदी नजिकै त्रिशूली नदी किनारमा खसेको हो । घाइते तथा मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन ।
























