कांग्रेसमा फर्किए रास्वपा मकवानपुरका सभापति पराजुली

हेटौंडा।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मकवानपुरका जिल्ला सभापति, भरत पराजुली, नेपाली कांग्रेसमा फर्किएका छन् । सोमबार बिहान उनलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित एक कार्यक्रममा टीका, माला र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

भरत पराजुलीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर २ का चुनावी संयोजक निराजन बर्तौला, युवा नेता राममणी न्यौपाने लगायतका नेताहरु पनि नेपाली कांग्रेसमा समावेश भएका छन् ।

करिब तीन दशकसम्म नेपाली कांग्रेसमा सक्रिय राजनीति गरेका पराजुली २०७९ सालको साउन महिनामा रास्वपामा आबद्ध भएका थिए । उनले प्रतिनिधि सभा चुनाव २०७९ मा मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए र १२ हजारभन्दा बढी मत प्राप्त गरेका थिए ।

कांग्रेसमा पुनः फर्किएको कुरा उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् । पराजुलीले पार्टी परित्यागपछि आफ्नो लामो राजनीतिक यात्राको चर्चा गर्दै लेखेका छन्, “मैले विगत ३० वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भूमिका खेलेको थिएँ र त्यसपछि रास्वपामा प्रवेश गरी संगठन निर्माणको कार्यमा सहभागी भएको थिएँ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*