हेटौंडामा रवि लामिछानेको चुनावी सभाः आगामी पाँच वर्ष स्थायी सरकार सञ्चालन गर्ने दाबी

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गतेको निर्वाचनपछि आफ्नो पार्टीले पाँच वर्षसम्म स्थायी सरकार सञ्चालन गर्ने दाबी गरेका छन् । हेटौंडाको हुप्राचौरमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले कानूनी राज्य स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लामिछानेले २०४६ सालपछि भएका प्रमुख काण्डहरूको छानबिन गरिने र चुनाव स्थगित गर्ने प्रयास भइरहेको आरोप लगाए। उनले निर्वाचनमा शान्तिपूर्ण वातावरणको अपिल गर्दै, “अब आम जनतालाई इतिहास रच्ने समय आएको छ” भने ।

साथै, उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा जलेको पैसा अनुसन्धानको विषय रहेको उल्लेख गर्दै त्यसको स्रोत पत्ता लगाउन खोजिने बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्ने बित्तिकै विदेशी सम्पत्ति समेत खोजिने दाबी गरे ।

कार्यक्रममा पार्टीका सहप्रवक्ता रमेश प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीको धरौटी जफत हुने दाबी गर्दै, रास्वपाको सरकार कुशासनविरुद्ध दृढ उभिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*