मतदान गर्न जादै हुनुहुन्छ ? थाहा पाइराख्नुहोस् यी कुरा ।

काठमाण्डौ । प्रतिनिधिसभा चुनावको लागि आज बिहान ७ बजेदेखि मतदान शुरू हुँदैछ । बेलुकी ५ बजेसम्म आफ्नो मतदान केन्द्रमा पुगेका मतदाताले भोट दिन पाउनेछन् । भोट दिनको लागि मतदाता नामावलीमा नाम भएको र हिजोसम्म १८ वर्ष उमेर पुगेको हुनुपर्छ ।

आफ्नो नाम भएको मतदान केन्द्रमा जानुपर्छ । साथमा मतदाता परिचयपत्र बोक्नुपर्छ । मतदाता परिचयपत्र हराएको, नासिएको वा नष्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी पासपोर्ट, राष्ट्रिय परिचयपत्र, गाडी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपुर्जा ९लालपुर्जा० को सक्कल प्रति देखाएर पनि मतदान गर्न पाइने व्यवस्था गरिएको छ ।

मतदान केन्द्रमा पुरुष र महिलाको लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको हुन्छ । अशक्त, ज्येष्ठ नागरिक, अपांगता भएकाको लागि लाइन बस्न नपर्ने व्यवस्था मिलाइएको छ । आफ्नो पालो आएपछि मतदाताको नाम मतदाता नामावलीमा रुजु गरिनेछ ।

त्यसपछि पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष तर्फको मतपत्र उपलब्ध गराइनेछ । मतदाताले गोप्य मतदान कक्षमा गई आफूले मन पराएको उम्मेदवारको चुनाव चिन्हमा छाप लगाएर प्रत्यक्षतर्फको मतपेटिकामा मत खसाल्नुपर्नेछ ।

प्रत्यक्षतर्फ मतदान गरेलगत्तै समानुपातिक तर्फको मतपत्र प्रदान गरिनेछ । समानुपातिक प्रणाली अन्तर्गत मतदाताले आफूले रोजेको राजनीतिक दलको चुनाव चिन्हमा छाप लगाई छुट्टै मतपेटिकामा मत खसाल्नुपर्छ ।

भीडभाड कम गर्न र मतदानलाई सहज बनाउन मतदान केन्द्रमा प्रवेश र बाहिरिने छुट्टाछुट्टै ढोकाको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदान गर्न जाँदा दल वा उम्मेदवारको चिन्ह भएको कपडा लगाउन हुँदैन । मोबाइल फोन, क्यामरा पनि लैजान नपाइने आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*