मकवानपुर-१ मा रास्वपाका गौतम झन्डै २२ हजार मतान्तरले निर्वाचित
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य चुनावमा मकवानपुर क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का प्रकाश गौतम २१ हजार ९९५ मतान्तरसहित विजय हुनुभएको छ ।
गौतमले ३६ हजार ३३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले १४ हजार ३८ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी नेकपा ९एमाले० का रामेश्वर रानाले १२ हजार ७८३, नेपाली कम्युनिस्ट पार्टी नेकपाका विजय गौतमले १० हजार ७८८, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५ मत प्राप्त गर्नुभएको छ ।
























